ओलीको अहङ्कारी र दम्भ प्रवृत्ति कहिल्यै सफल हुन्न : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको अहङ्कारी र दम्भ प्रवृत्ति कहिल्यै सफल नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा ओलीको अहङ्कारी र दम्भका साथै सत्ता लिप्सा हाबी भएका कारण आफूहरूले विद्रोह गर्नुभएको भन्दै अहङ्कारी र दम्भ प्रवृत्ति कहिल्यै सफल नहुने बताएका हुन् ।
उनले ओली प्रवृत्तिबाट निराश भए समाजवादीमा प्रवेश गर्नेहरूको सङ्ख्या पनि बढेको तर्क गरे । केन्द्र तथा प्रदेशबाट बाहिरिनुपरेको एमाले अव जिल्ला जिल्लामा पनि शून्यको अवस्थामा पुग्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले असल मान्छे नपाएकाले एमालेले पार्टीको झन्डा गैँडालाई बोकाएको टिप्पणी गरेका छन् ।  कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न दलबाट आएका कार्यकर्तालाई नेकपा एकीकृत समाजवादी प्रवेश गराएका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार