प्रचण्ड-विप्लव भेटवार्ताः के-के भयो कुराकानी ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

शनिबार बिहान महासचिव विप्लव खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेको खुमलटार स्रोतको दाबी छ ।

भेटमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए । पछिल्लो समय दुवै नेताहरुले सार्वजनिक कार्यक्रममा समेत एकता र सहकार्य गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तत्कालिन सरकारले २०७५ फागुनमा विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो तर, त्यसको दुई वर्षपछि २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेपछि प्रतिबन्ध हटेको थियो । प्रतिबन्ध हटेलगत्तै महासचिव विप्लवले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार