ओली सरकारको पालामा नियूक्त भएका राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियूक्त गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का ९ जना बोर्ड सदस्यलाई सरकारले बर्खास्त गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटलाई बर्खास्त गरेको हो।

त्यस्तै उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईलाई पनि बर्खास्त गरेको छ।

उनीहरुलाई दशैंअघि नै स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ ।

उनीहरुलाई तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए।

यसअघि गत कात्तिक १ गते सरकारले राखेपका सदस्य सचिव रमेश कुमार सिलवाललाई बर्खास्त गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार