काठमाडौँको ढल्कुमा घर भत्किँदा ४ वर्षीय बालक गम्भीर घाइते

काठमाडौँको ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा केही समयअघि घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन । क्षतिको विवरण आउन बाँकी रहेको उपरीक्षक बस्नेतको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार