नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्छ

नेपाल राष्ट्र बैङ्कले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । भविष्यमा घरजग्गाकै कारोबारमार्फत निम्तने आर्थिक सङ्कट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
केन्द्रीय बैङ्कले आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । पहिलो पटक सार्वजनिक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको छ । कार्यक्रममा गभर्नर अधिकारीले घरजग्गाको कारोबारले भविष्यमा निम्त्याउने आर्थिक सङ्कट रोक्न अहिले नै नियमन गर्न लागिएको बताए । उनले घरजग्गाको कारोबारलाई थप व्यवस्थित गर्दै नियमन तथा राजश्वको दायरामा ल्याउनको लागि ‘घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन’ तयार गरिएको जानकारी दिएका छन् ।
सर्वेक्षण प्रत्येक तीन तीन महिनामा गरी प्रतिवेदन तयार गर्ने राष्ट्रको बैङ्क आर्थिक अनुसन्धान विभागले जानकारी दिएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार