आगामी निर्वाचनपछि एमाले सरकारमा कमव्याक हुन्छ : योगेश भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने बताएका छन् ।
रिपोटर्स क्लबले शुक्रवार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुन सरकारमा कमव्याक हुने बताएका हुन् ।
अर्को वर्ष मङ्सिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने उनले दाबी गरे । उनले आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाएका छन् । सहमतिमार्फत नेतृत्व चयन हुने भन्दै उनले सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने  धारणा राखे । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबै खाले तिक्तता कम गर्ने दाबी गरेका छन् । उनले ५ लाखभन्दा बढी जनसमुदायको उपस्थितिमा महाधिवेशन गरिने धारणा पनि राखे ।
उनले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चुनौतीको रूपमा लिएका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार