माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार छन् ।

मृतक मल्लिकार मोटरसाइकलमा पछाडी सवार थिए । शुक्रबार बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल राति नै मृत्यु भएको हो महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार