नबिल बैंकको ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ खोली ढुक्क हुने मौका

ग्राहकको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकको थप आवश्यकता पूरा गर्न ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ (Nabil Xtra Fixed Deposit) सञ्चालनमा ल्याएको छ।

यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यो खाता ग्राहकका माझ सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता हो। यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ।

यसका साथै ग्राहकलाई कुनै पनि न्यूनतम रकमको सीमा तोकिएको छैन। यस योजनाअन्तर्गत ३ महिना वा बढी अवधिका लागि ग्राहकले खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ।

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार