प्रधानन्यायाधीश विना बसेको फुलकोर्टबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

आजै कानुन मन्त्रालय पठाउने

सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।

साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । जबराले हस्ताक्षार गरेपछि आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार