कतारविरुद्धकाे शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

दोहामा हुने तेस्रो खेल दिउँसो ३.४५ बजे सुरू हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला ुक्लिन स्विपु गर्ने दाउमा हुनेछ ।

तीन खेलको शृंखला नेपालले यसअघि नै २-० ले जितिसकेको छ । नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।

आईसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी(२० शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।

विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार