स्वास्थ्यमन्त्री खतिवडा अमेरिकी सहायकमन्त्रीलाई लिएर खोप केन्द्रको अवलोकनमा

स्वास्थ्य मन्त्री विरोध खतिवडा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेपालका लागि अ‍ेमरिकी राजदूत -यान्डी बेरीसहितको अमेरिकी टोली लिएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

मेरिकी टोलीले खोप केन्द्रको अवलोकन गरेको छ । टिचिङ अस्पतालमा गत आइतबारबाट १२ वर्षभन्दा माथि उमेर समूहका लागि फाइजर खोप लगाउन थालिएको छ ।

नेपालमा पहिलो पटक बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन थालेका हुन् । आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप दिन थालिएको हो । यो अभियान ४ मंसिरसम्म जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार