बुधबार प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार