काभ्रेमा सर्वसम्मत् एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि काभ्रेबाट सर्वसम्मत् रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

काभ्रेमा जम्मा ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जस अनुसार निर्वाचन क्षेत्र १ बाट खुल्लातर्फ नारायणप्रसाद पाण्डे, चन्द्रबहादुर लामा, रेशमबहादुर लामा, केशवप्रसाद बडाल, जेनिश लामा, दिलीप घिसिङ्ग, राजन भुर्तेल, दिलीप तामाङ, चूडामणि गौतम र कृष्ण खुलाल छनोट भएका छन् । सोही क्षेत्रबाट महिला महाधिवेशन प्रतिनिधितर्फ गोमा भुर्तेल, गीता बन्जरा,  कमला काफ्ले र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्लामा अशोक व्यान्जु, श्यामसुन्दर श्रेष्ठ, रामशरण दाहाल, राजकुमार सापकोटा, नकुलप्रसाद पराजुली, कञ्चन अधिकारी, प्रेम लामा, बेदप्रसाद तिमल्सिना, राधाकृष्ण बस्ताकोटी, कुमार थापा, विदुर सापकोटा र रिता गौतम (ढकाल) चयन भएका हुन् । महिलातर्फ भने निर्मला शाही, भक्तकुमारी लामा, विमलाकुमारी चौलागाईं शर्मा, विमला सापकोटा र सुभद्रा अधिकारी सर्वसम्मत चयन भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार