कतारमाथि नेपालको सानदार जित

नेपाली महिला क्रिकेट टोलीले कतारसँगको पहिलो टि२० आई खेलमा सानदार जित हात पारेको छ । पहिलो खेलमा नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडिन् । केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाईन् । अन्य खेलाडी शून्यमै आउट भए ।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् । कविता कुँवर र सिता राना मगरले समान २र२ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाइन् । टी-ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी(ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडीसमेत बनिन् ।

यस्तै, सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन् । कविता कुँवर ८ रनमा रहिन् ।

कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एकरएक विकेट लिईन् । जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार