कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार