थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५०५ र एन्टिजेन विधिबाट २ हजार ६४४ जनामा परिक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १७ हजार ६७२ र एन्टिजेनबाट ९५ हजार १७४ जना पुगेको छ ।

यस्तै, आज थप १७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७१४ जना पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार