राजीनामा दिन नमानेपछि मुख्यमन्त्री राउतले गरे मन्त्री रामनरेशलाई बर्खास्त

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग गरिदिन आग्रह गरेका थिए । तर उनले राजीनामा दिन नमानेपछि मुख्यमन्त्री राउतले मंगलबार यादवलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

समाजवादीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दलका नेता महतो र अर्को मन्त्रालयमा सर्लाहीकी बेची लुंगेलीको नाम चर्चामा रहेको समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए ।

नेकपा एसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार