प्रदेशसभामा एमाले उपस्थित नभएपछि सर्‍यो प्रदेश १ को बैठक

मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार