कांग्रेस महानगर-उपमहानगर सभापतिको उम्मेदवारी शुल्क कति ?

नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तीर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार