थप ४१६ जनामा कोरोना पुष्टि, २७० जना निको

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ५५४ र एन्टिजेन विधिबाट ४ हजार ८४८ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १७ हजार ३३३ र एन्टिजेनबाट ९५ हजार १३६ जना पुगेको छ ।

यस्तै, आज थप २७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार