चिकित्सकले निकाले व्यक्तिको पेटबाट मोबाईल

एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घण्टापछि चिकित्सकले उनको पेटको एक्स-रे गर्छन् । एक्स-रे रिपोर्टमा ती व्यक्तिको पेटमा मोबाइल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिभर्सिटी अस्पतालको घटना ।

समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाइल फोन निलेका थिए । स्वभाविक प्रक्रियाबाट दिशामार्फत मोबाइल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् । किनकि, आफ्नो अस्वाभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर सा-है पिडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए । मोबाइलका कारण उनलाई खान पनि असजिलो भएको थियो ।

ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्स-रे गरे । पेटभित्र एउटा मोबाइल देखियो । चिकित्सकले तत्कालै शल्यक्रिया गरे । मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरूले बताएका छन् ।

मोबाइल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन । शल्यक्रियापछि ती व्यक्ति पूर्ण रूपमा स्वस्थ हुने चिकित्सकहरूको विश्वास छ । उनले किन मोबाइल खाए भन्ने बारेमा इजिप्टका सञ्चार माध्यमहरूले केही खुलाएका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार