उपमेयर कप राष्ट्रिय महिला छनोटको उपाधि धनगढीलाई

धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट उपाधि जितेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै धनगढी पहिलो पटक च्याम्पियन बनेको हो ।

निर्धारित समयमा खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरे । ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन् ।

उपाधिसँगै धनगढीले पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको ललितपुरले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।यद्यपि, फाइनल प्रतिद्वन्द्वी धनगढी र ललितपुर राष्ट्रिय लिगमा छनोट भइसकेका छन् ।

राष्ट्रिय लिगमा तीनवटा विभागीय टोलीसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र बिराटनगर महानगरपालिका गरी आठवटा टोलीको सहभागिता रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार