प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

प्रदर्शनमा प्रहरीको बल प्रयोग

धानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ ।

कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वोच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।

प्रहरीको बल प्रयोग
कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानून व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ ।

कानून व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्नबाट प्रहरीले रोकेको छ । कानून व्यवसायीलाई मूल गेटसम्म प्रवेश नदिने सुरक्षा रणनीति बनाइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार