पोर्चुगललाई हराउँदै सर्विया विश्वकपमा छनोट

सर्विया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ । आइतबार राति भएको खेलमा पोर्चुगललाई २-१ले स्तब्ध पार्दै सर्वियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

पोर्चुगलले घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो । तर, उक्त अग्रता भने कायम राख्न सकेन । ३३औं मिनेटमा डुसान टाडिकले गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसपछि खेलको अन्तिम मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको विश्वकप यात्रा सफल पारे ।

समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोडेको छ भने पराजित पोर्चुगल १७ अंक जोडेर दोस्रो स्थानमा छ । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार