न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक जित्यो विश्वकपको उपाधि

अष्ट्रेलियाले आइसिसी टि-२० विश्वकप २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा न्युजिल्यान्डलाई ८ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले पहिलोपटक टि२० विश्वकपको उपाधि चुमेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ७७ रनको योगदान दिए । ५० बलको समना गरेका उनी अविजित रहे । त्यस्तै, ओपनर डेविड वार्नले अर्धशतक प्रहार गरे । उनी ५१ रनमा आउट भए । ग्लेन म्याक्विेलले २८ रन जोडे । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्डले २ विकेटले लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएइको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए । त्यस्तै, ओपनर मार्टिन गुप्टिलले २८ रन, ग्लेन फिलिप्सले १८ रन,जिमी निशमले १३ रन तथा ओपनर डर्याल मिचेल ११ रनमा क्याच आउट भए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ विकेट लिए भने स्पिनर एडम जाम्पाले १ विकेट लिए ।

योसँगै दोस्रोपटक फाइनलमा पुगेको अष्ट्रेलियाले पहिलोपटक टि-२० विश्वकपको उपाधि जितेको छ । यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेपनि इंग्ल्याण्डसँग पराजय भोगेको थियो । न्युजिल्यान्ड भने पहिलोपटक टि२० विश्वकपको फाइनलमा पुगेपनि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार