रेडक्रसको विधान महाधिवेशनमा दुईपक्षबीच विवाद, कार्यक्रममा तोडफोड

नेपाल रेडक्रस सोसाइटिको विशेष विधान महाधिवेशनका क्रममा दुईपक्षबीच विवाद भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केमा आयोजित विशेष महाधिवेशनमा दुईपक्षबीच विवाद भएपछि महाधिवेशन नै स्थगित भएको छ ।
१६ जिल्लाको कार्यसमिति विघटन गरेपछि असन्तुष्ट रहेका समूहले विरोध जनाएका थिए । विवादका क्रममा तोडफोड हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीलाई प्रहरीले पक्राउ गरेको छ । रेडक्रस सोसाइटी काठमाडौँ अन्तर्गत गणबहाल उपशाखाका सभापति अमृतराज मानन्धरले रेडक्रसभित्र राजनीति हाबी भएका कारण नै विवाद देखिएको बताएका छन् ।
सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्ला शाखा कार्यालय, स्थानीय तहमा १,५५४ उपशाखा कार्यालयहरू र ६,५३८ जुनियर तथा युवा सर्कलहरूको साङ्गठनिक स्वरूपबाट रेडक्रस क्रियाशील छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार