रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, ३ घाइते

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन ।

६ जना सवार रहेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले दुर्घटनास्थलमा खोजीकार्य जारी राखेको छ ।

माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार