अदालत बन्द गर्न नहुने भन्दै सर्वोच्च अगाडि युवाहरूको प्रदर्शन

राष्ट्रिय झण्डा दुरुपयोग गरेर बिचौलियाहरु आन्दोलनविरुद्ध उत्रिएको बारको आरोप

सर्वोच्च अदालतको प्रांगणको नेपाल बारको जारी आन्दोलन बिथोल्न अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन् ।

विभिन्‍न प्ले कार्डसहित आएका युवाहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । मोटरसाइकल र्‍यालीसहित प्रदर्शनमा आएका ती युवाहरुले ‘न्याय बेच्‍न पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

युवाहरुको यो पर्दशनलाई नेपाल बार एशोसियसनले बारको आन्दोलनविरुद्ध बिचौलियाहरु सक्रिय भएको आरोप लगाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रर्दशनलाई राष्ट्रिय झण्डा दुरुपयोग गरेर आन्दोलनविरुद्ध बिचौलियाहरु सक्रिय भएको बताएका हुन्।

ुराष्ट्रिय झण्डा दुरुपयोग गरेर बिचौलियाहरु बार आन्दोलनबिरुद्ध आए,ु श्रेष्ठले भने, ुअब दोस्रो अध्ययायको आन्दोलनमा जान्छौं।ु उनले न्याय किनबेच गर्ने प्रधानन्यायाधीश बहिर्गमन नभएसम्म न्यायालयमा सुधार नहुने भन्दै जति ढिला भयो त्यति समस्या बढ्ने चेतावनी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार