अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड अंक बाँड्न बाध्य

दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड कतार विश्वकप तथा युरोपियन छनोट खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह ‘जी’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोसँग २-२ गोलको बराबरी खेलेको हो ।

नेदरल्यान्डले मेम्फिस डिपाएको गोलमा २-० को अग्रता बनाएका थियो । खेलको २५ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका मेम्फिसले ५४ मिनेटमा दोस्रो गोल गरेका थिए ।

तर, घरेलु टोली मोन्टेनेग्रोका इलिजा भुकोटिक र निकोला भुजनोभिकले खेल बराबरीमा पुर्‍याए । इलिजाले ८२ मिनेटमा गोल गरे भने निकोलाले खेलको ८६ मिनेटमा बराबरीगोल गरेका थिए ।

समूह ’जी’ कै अन्य खेलमा टर्कीले जिब्राल्टारलाई ६–० गोल अन्तरले पराजित गर्दा नर्वे र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

नवौं चरणको खेलसँगै २० अंक बनाएको नेदरल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप सम्भावना कायम राखेको छ । समान १८ अंक बनाएको टर्की दोस्रो स्थानमा रहँदा गोल अन्तरका आधारमा नर्वे तेस्रो स्थानमा छ । मोन्टेनेग्रो १२ अंक सहित चौथो स्थानमा रहँदा लात्भिया पाँचौ स्थानमा छ भने जिब्राल्टार पुछारमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार