सानेपामा १ सय १५ दिनदेखि धर्ना

नेपाली कांग्रेस १४ औं महाधिवेशनको सन्निकट छ । फेरि मिति नसरे अबो ३० दिनमा कांग्रेसले केन्द्रीय तहको नयाँ नेतृत्व पाइसक्छ । कांग्रेसको केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने तय छ ।

तर, महाधिवेशनको मिति नजिकिँदै गर्दा पनि कांग्रेसभित्रको क्रियाशील सदस्यताको किचलो भने सकिएको छैन । अझै पनि जिल्ला तहका नेताहरु क्रियाशील सदस्यताको विवाद नमिलाई एकलौटी रुपमा अधिवेशन गर्ने खोजिएको भन्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा नै आएर धर्ना तथा अनसनमा बसिरहेका छन् । कांग्रेसको क्रियाशील सदस्यताको विषयको विवाद बढ्दै गएपछि रौतहटबाट जिल्ला कोषाध्यक्षसहितको समूह सानेपामा ज्ञ सय १५ दिनदेखि धर्नामा छ । उनीहरु जिल्ला सभापतिले धाँधलीपूर्ण रुपमा सदस्यताको सूची केन्द्रमा पठाएको भन्दै १ सय १५ दिनदेखि धर्नामा बस्दै आएका हुन् । धर्नाको नेतृत्व गर्दै आइरहेका कांग्रेस रौतहट कोषाध्यक्ष राम श्रेष्ठ साहले विधानसम्मत सदस्यता वितरण नभएसम्म धर्ना नरोकिने बताए । उनले केन्द्रीय नेतृत्वले समेत मनोमानी रुपमा सदस्यताको विवरण बुझेको र स्थानीय नेताकार्यकर्ताहरुको आवाज दबाउन खोजेको बताए । यसैगरी, रसुवामा पनि क्रियाशील सदस्यताको विषयमा विवाद देखिएको छ । रसुवामा छानबिन समितिले नै फाराम नभरेको १ सय बढी व्यक्तिको क्रियाशील सदस्यता सदर गरिदिएको भन्दै विवाद चर्किएको छ । राजधानी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार