माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको  संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश   (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार