पूर्वमाओवादी नेताहरूसँग छलफल भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड”ले प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिद्ध्याउन खोजेको बताएका छन् ।  शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीहरुले विभिन्न आन्दोलनका उपलब्धिहरू उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिद्धाउन खोजेको बताएका हुन् ।
उनले प्रचण्डलाई जनताले नै जन्माएको भन्दै माओ, लेनिन, प्रचण्डहरू एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गरे । कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग छलफल भइरहेको धारणा ब्यक्त गरेका छन् ।
विप्लव , मोहन वैद्य लगायतका नेताहरू अव एकै ठाउँ आउनुपर्नेमा उनले जोड दिए । ‘यो मञ्चबाट म ढिलोछिटो विप्लवजी पनि आउनुहुन्छ भनेर म विश्वास पनि व्यक्त गर्नुहुन्छ । अलग अलग भएर होइन अव हामी सवै एक ठाउँ बसेर मात्रै नेपाली क्रान्तिलाई मौलिक तरिकाले, नयाँ अनुसन्धान गरेर अगाडि लान सकिन्छ’, प्रचण्डको भनाइ छ । उनले विप्लवसँग छिटै हात मिलाउने प्रतिक्षामा रहेको दावी समेत गरे ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरूलाई माओवादी प्रवेश गराइएको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार