सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २६ घाइते

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइँदै गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयद्वारा उद्धार जारी रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार