ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।

गएराति बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको मैवाखोला गाउँपालिकाको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतीय दूतावासले दिएको मे १ झ ३१७० नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

बिरामीको हेरचाह तथा कुरुवाका लागि श्रीमती, छोराछोरी र छिमेकी हेमकला पनि त्यही एम्बुलेन्समा चढेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार