सांगितिक महोत्सवमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागाभाग मच्चिदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौं घाईते भएका छन् ।

भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको ह्दयघातबाट मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।

भिड बढिरहेका बेला ¥यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए। दर्शकहरूबीच तनाव बढेपछि बीचमा रोकिएका थिए । उनले भिड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । महोत्सवमा करिव ५० हजारको सहभागिता थियो ।

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द भएको थियो । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुन्छ । कोभिडका कारण गत वर्षको महोत्सव स्थगित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार