म्यानचेस्टर डर्वीः घरेलु मैदानमा युनाइटेड पराजित

भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।

युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा सिटी २–० गोल अन्तरले विजयी भएको हो । खेलमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे ।

खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए । बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

जितसँगै ११ खेलमा २३ अंक बनाएको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार