अष्ट्रेलियाको सहज जित, जाम्पाले लिए ५ विकेट

आइसीसी टि-२० विश्वकपको सुपर १२ अन्तर्गत समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।

दुबईमा भएको खेलमा ७४ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६.२ ओभर दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४० रनको योगदान गरे । डेविड वार्नर १८ र मिचेल मार्सले १६ रन जोडे ।

बंगलादेशका लागि तास्किन अहम्मद र सोरिफुल इस्लामले एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले १५ ओभरमा अलआउट भएर ७३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नामीले १७ रन जोडे । सौम्य सरकारले ५, मुश्फिकुर रहमानले १, महमुदुल्लाहले १६, मुस्ताफिजुर रहमानले ४ र तास्किन अहम्मदले ६ रनको योगदान गरे ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले ५ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले समान २र२ विकेट लिँदा ग्लेन म्याक्स्वेलको नाममा एक विकेट रह्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार