थप ३५६ जनामा कोरोना संक्रमण, ५१८ जना संक्रमणमुक्त

नेपालमा बिहीबार थप ३ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको परीक्षणका क्रममा एन्टीजेन विधिबाट परीक्षण गर्दा ६९ जना र पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ८७ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ सय १८ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९३ हजार ७ सय ८९ निको भएका छन् ।

हाल ८ हजार ८ सय ९० सक्रिय सङ्क्रमित आइसोलेसन र १ सय १८ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार