म्यानचेस्टर सिटीको जित, पीएसजी रोकियो

युईएफए च्याम्पियन्सलिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले जित हात पार्दा पेरिस सेण्ड जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको फरक खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले एक एक गोल गरे । सिटीकै जोन स्टोनिसले आत्मघाती गोल गरे ।

यता, समूह ‘ए’ कै अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन बुण्डेसलिगा आरबी लाईपजिगसँग २–२ को बराबरीमा रोकियो ।

स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको पीएसजी २–१ को अग्रता जोगाउन नसक्दा अन्तिम समयमा बराबरीमा रोकियो । पीएसजीको लागि जर्जिनिओ विज्नाल्डुमले दुई गोल गरे । यता, लाईपजिगको लागि क्रिस्टोफर नकुन्कु र डोमिनिक सजोबोक्जिअलले पेनाल्टी गोल गरे ।

खेलसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंक सहित शीर्षस्थानमा छ । २ जित र २ बराबर सहित अपराजित रहेको पीएसजी ८ अंकका साथ दोस्रो स्थानमा छ ।

यता, ४ अंक जोडेको क्लब ब्रग तेस्रो स्थानमा रहँदा एक अंक जोडेको लाईपजित पुछारमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार