एमालेनिकट कानुन व्यवसायी संगठनमा लफडा

नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुनेगरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन् ।

उनले संगठनका उपाध्यक्ष श्रेष्ठले आफू का.वा. अध्यक्ष उल्लेख गरी जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानार्कषण जनाएका छन् ।

संगठनको अध्यक्षको जिम्मेवारीमा आफू रहेको र संस्थागत निर्णय विना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको उनले उल्लेख गरेका छन् ।

साथै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउने वर्तमान आन्दोलनमा बार एशोसिएसनले गरेको संस्थागत निर्णयको पक्षमा संगठन अडिग रहेको पनि स्पष्ट पारेका छन् ।

रमा श्रेष्ठद्धारा जारी विज्ञप्ति
रुद्रप्रसाद नेपालले जारी गरेको विज्ञप्ति

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार