कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दावी पेश

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा उनले नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

उनलाई कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदले समर्थन गरेका छन् । कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए । उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार