ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा रु ३०० सम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८३ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार