राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

भीम आचार्यले हिजो सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। मुख्यमन्त्री राईको शपथ आजै दिउँसो ३ बजे हुने भएको छ। राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार