सजिलो पे बारे प्राप्त शुरुवाती प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ : घिमिरे

मोबाईल वालेटसँगै रेमिटयान्सलाई पूर्ण डिजिटल माध्ययामबाट सहज कारोबार गराउँछौं

प्रविधिको विकाससँगै पछिल्लो समय नेपालमा डिजिटल वालेटको प्रयोग बढिरहेको छ । मानिसले आफ्ना दैनिक उपयोगका सामान खरिद, मोबाइल, टिभी तथा इन्टरनेटको शुल्क रिचार्ज एवं सरकारी कर तिर्नेदेखि ,बिजुली पानीको बिल भुक्तानी गर्ने समेत डिजिटल वालेटमार्फत हुने गरेका छन् । आफूले प्रयोग गर्ने मोबाइलमार्फत सबै काम घरमै बसेर गर्ने सकिने सुविधाले नगद बोकेर लाइन बस्नुपर्ने बाध्यता टरेको छ । यसका लागि नेपाल राष्ट्र बैङ्कबाट डिजिटल कारोबारको इजाजत लिएका विभिन्न कम्पनीले सेवा दिइरहेका छन् । ग्राहकको रुचिसँगै बजारमा आएका डिजिटल वालेट कम्पनीमध्ये सजिलो पे पछि सुरु भएर पनि प्रयोगकर्तामाझ लोकप्रिय बन्दैछ । प्रयोग गर्न सजिलो, ग्राहकमुखी योजना र नेपालकै पहिलो बहुभाषिक पेमेन्ट एप भएकाले धेरै ग्राहकको रोजाइमा सजिलो पे पर्ने देखिएको छ । यसै सन्द्र्धभमा नेपालमा मोबाइल वालेटको सम्भावना यसका चुनौती र सजिलो पे का आगामी योजनाका विषयमा कम्पनीको महाप्रबन्धक सदित घिमिरेसँग टिभी अन्नपूर्णले गरेको कुराकानी :

यहाँहरूले मोबाइल वालेट सजिलो पे बजारमा ल्याउनुभएपछि बजारको सुरुवाती प्रतिक्रिया कस्तो छ ? 
सजिलो पे हामीले बजारमा ल्याउनुभन्दा अगाडी धेरैकुराहरु बिचार गरेका थियौँ । यसको बजार र प्रयोगकर्ताको आवश्यकता एवं रुचिअनुसार कसरी अघि बढाउन सक्छौँ भन्ने अध्ययन गरेपछि मात्रै हामीले यो प्रडक्ट बजारमा ल्याएका हौ । एक वर्षको कसरतपछि सजिलो पे बजारमा आएको तीन महिना मात्रै भएको छ । सुरुवाती प्रतिक्रियाको कुरा गर्दा असाध्यै उत्साहजनक प्रतिक्रिया मिलेको छ । हामी यसबाट उत्साहित छौ ।

कोरोना महामारीकै बिचमा यहाँहरू बजारमा आउनुभएको छ । यसलाई अवसर वा चुनौती कुन रूपमा लिनुभएको छ ?
कोरानाले एउटा हिसाबले विश्वमै असहज परिस्थिति सिर्जना गर्र्यो । कुनै पनि अर्थमा सुखद होइन । तर, डिजिटल पेमेन्टको प्रयोग गर्ने कुरामा यो बाध्यकारी अवसर बनेको भने अवश्य हो । यसले डिजिटल पेमेन्टको प्रयोगमा फड्को मारेको छ । जुन काम यदि सामान्य अवस्था भएको भए डिजिटल वालेट कम्पनीहरूले थप ३–४ बर्षको कसरत गर्नुपर्ने थियो । यसको आवस्यतादेखि प्रयोग गर्ने तरिका आम प्रयोगकर्ताहरूमाझ कोरोनाकै भयले चाँडै र सजिलो तरिकाले ग्राहक बनेका छन् । त्यसले गर्दा कोरोना महामारीले डिजिटल पेमेन्ट मेकानिजमलाई कसरी डिजिटल प्रोमोट गर्नेलगायतका कुराहरू हामीले सिकाउन सकेका थिएनौँ । जुन कुरा, कोरोना महामारीका कारण सिक्नुभएको छ महामारी सुखद त अवश्य होइन मैले माथि पनि भने तर यो बाध्यकारी अवसर बनेको अवश्य हो ।

पछिल्लो पटक मोबाइल वालेट सजिलो पे जस्तै धेरै सेवा प्रदायक एकैपटक बजारमा आएका छन् ? प्रतिस्पर्धा कस्तो छ ?
अहिलेको अवस्थालाई हेर्दा धेरै कम्पनीहरू बजारमा आएका छन् , प्रतिस्पर्धा अवश्य नै देखिएको छ । आजको दिनमा जति पनि वालेट कम्पनीहरू बजारमा आएका छन् उनीहरू सबैको फोकस एउटै कार्यमा देखिएको छ । हाम्रो सजिलो पेबाट पनि मोबाइल टप अप, इन्टरनेट बिल पेमेन्ट गर्न मिलेजस्तै अरूबाट पनि त्यहीँ गर्न मिल्छ । तर सजिलो पेले आफ्नो गन्तव्य जुन स्थानमा पुग्नुपर्ने हो ,त्यसमा चाहिँ यो प्रतिष्पर्धाभन्दा बाहिर रहेर एउटा कार्ययोजना बनाएको छ । जस्तै हाम्रो मुख्य फोकस भनेको गाउँको मानिसहरू हुनुहुन्छ । जो आज पनि मोबाइल र इन्टरनेटसँग आबद्ध हुनुहुन्न र उहाँलाई जोड्ने र उहाँले अहिले पनि गरिरहेको नगद कारोबार र नेपालको मुख्य समस्या रेमिटेन्स छ । रेमिटेन्स हाम्रो देशको राम्रो आम्दानीको स्रोत भएपनि प्रयोगकर्ताले रेमिटेन्स लिनको लागि आजको दिनसम्म पनि बिकटको गाउँहरूमा एक दिन हिँडेर आउनुपर्ने बाध्यता छ । त्यस्तो ठाउँहरूमा हामी पुगेर रेमिटेन्स सेवालाई डिजिटल गरेर प्रयोगकर्तालाई कसरी सजिलो बनाउन सकिन्छ त भनेर हामी त्यो कुरामा केन्द्रित छौ । त्यसबाहेक रेमिटेन्स सेवालाई सहज, झन्झटिलो मुक्त र पूर्ण डिजिटल बनाउने हाम्रो उद्देश्य हो । त्यसको लागि हाम्रो देशभरि एजेन्टहरू हुनुहुन्छ । ती एजेण्टद्धारा रेमिटेन्स पेमेन्ट गराएर प्रयोगकर्तालाई सहज कारोबारको वातावरण सिर्जना गर्न खोजिरहेको छौँ ।

सजिलो पे को सुरुवात कसरी भयो ?
सजिले पेको सुरुवात चाहिँ मैले जुन रेमिट्यान्सको सिनारियो भने त्यहीँ अनुसार भएको हो । कति कुराहरू हामीले हेर्दै जाँदाखेरि मानिसहरुलाई एउटा बैंकिग कारोबारको लागि मात्र नभएर रिचार्ज कार्ड किन्नको लागि पनि मानौँ  डाँडामा घर भएको मान्छे तल लामो समय खर्चेर हिँड्दै आउनुपर्ने अवस्था अहिले पनि विद्यमान छ । त्यसको अन्त्य गर्ने उद्देश्यसहित नै हामीले सजिलो पे को  स्थापना गरेका हौँ  । पछिल्ला तथ्यकांकमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या जुन रूपमा बढेको छ त्यसलाई फेसबुक चलाउने मात्रै होइन इन्टरनेटमार्फत आफ्ना धेरै काम सहज रूपमा गर्न सम्भव छ भन्ने देखाउन बुझाउन पनि यसको सुरुवात गरेका हौँ ।
बजारमा रहेका अन्य मोबाइल वालेटभन्दा सजिलो पे के कुरामा फरक छ ?
हो , सजिलो पे अहिले बजारमा रहेको धेरै मोबाइल वालेटभन्दा फरक र सजिलो छ । हामीले नेपाली र अङ्ग्रेजीबाहेक पनि विभिन्न भाषाहरूमा एप बनाएमा छौ । जस्तै अब आजको दिनमा अङ्ग्रेजी नजान्ने धेरै मानिसहरू हुनुहुन्छ ।तर अहिले पनि अङ्ग्रेजी वा नेपाली भाषा मात्रै चलिरहेका अन्य मोबाइल वालेट कम्पनीले एपमा लागु गरेका छन् । तर, नेपाली र अग्रेजीबाहेक नेपालका आआफ्नै मातृभाषा जस्तै गुरुङ, मगर, मैथिली, भोजपुरी जस्ता प्रचलनमा छन् । उनीहरूको सहज होस भनेर हामी नेपालकै पहिलो बहुभाषिक एपको रूपमा सजिलो पे चलाउन थालेका हौँ । अहिले सजिलो पे एप नेपाली, अङ्ग्रेजी, मैथिली, थारु, तामाङ, नेवारी, मगर, गुरुङ, राई, लिम्बु, शेर्पा र डोटेली भाषामा छ भने अन्य भाषा पनि यसैमा सहभागी गराउने तयारी छ । यसका लागि हामीसँग एपमा भएको शब्दकोश छ, त्यो शब्दलाई उहाँहरूले आफ्नो भाषामा रूपान्तरण गरेर दिनुभयो भने हामी त्यो भाषा पनि अपडेट गर्छौ । यसमा सहभागी हुनेलाई विभिन्न उपहार योजना पनि छ । यसबाहेक हामीले प्रयोगकर्ताका लागि विभिन्न आकर्षक क्यासब्याक अफर पनि ल्याएका छौं ।

तपाईँहरूले बहुभाषिक भनेको सजिलो पे मा के यही रूपमा विभिन्न भाषाका प्रयोगकर्ता उपस्थिति छ ?
यो एप हामीले विभिन्न भाषामा सार्वजनिक गरेपछि यसको चर्चा विभिन्न सामाजिक सञ्जालसँगै पत्रपत्रिकामा पनि हुन थाल्यो । यसले अहिले हामीसँगै प्रयोगकर्तामा एक खालको उत्साह देखिएको छ । मानिसहरूले नसोचेको नयाँ कन्सेप्ट आयो भनेर यसलाई प्रशंसा गरेका हामी पाएका छौं । छुटेका भाषाहरू पनि यसमा समेटिनेपर्यो भनेर भनिरहेको अवस्था छ । हामीले अहिले सुरुवाती चरणमा गरेको यो नयाँ प्रयोगप्रति जुन चासो देखिएको छ अवश्य पनि ती भाषाका प्रयोगकर्ताहरूले यसबाट लाभ लिनुभएको छ र लिनुहुनेछ भन्ने विश्वास लिएको छु मैले ।

अहिले सजिलो पेका युजर कति हुनुहुन्छ ?
हामी स्थापना भएकै ३ महिना अझै पुगेको छैन । अहिले सजिलो पे का प्रयोगकर्ता ३ हजार ५ सय बढी छन् । यो छोटो समयमै देखिएको उत्साहजनक सहभागिता हो । त्यस्तै आगामी दिनमा अझै धेरै प्रगोगकर्ताहरुलाई सजिलो पे आबद्ध गराउने तरिकाले हामीहरु नयाँ योजनासहित अघि बढिरहेका छौँ ।  साथै अहिले सजिलो पे प्रयोगकर्ताको संख्या र यसमा मानिसको सहभागिता पनि बढिरहेको छ ।

अब अझै नयाँ प्रयोगकर्ताहरू थप गर्नको लागि तपाईँहरूका के कस्ता योजनाहरू छन् ?
हामी सुरुवाती दिनहरुमो प्रयोगकर्तालाई टार्गेट नगरेर हाम्रो एप कत्तिको स्वटेबल छ । युजरले चलाउँदा कत्तिको सहज हुन्छ । प्रयोगकर्ताका लागि कसरी सहज बनाउन सक्छौ भन्नेबारे बृहत् अध्ययन र अनुसन्धान गरेको थियौँ । अब अहिले हामी एउटा स्थिर स्तरमा पुगेका छौ । अब हामी सजिलो पे पनि मार्केटमा छ है भनेर भन्नको लागि विभिन्न अभियानहरू साथै जानकारीमूलक प्रचारप्रसार गरेर र यसलाई विभिन्न माध्यममा प्रमोट गरेर सजिलो पेमा प्रयोगकर्तालाई सञ्चित गर्ने तयारीमा छौँ ।

आम दर्शकहरूलाई बत्ताइदिनुहोस् डिजिटल कारोबारको फाइदा के छ ?
ठ्याक्कै भन्नुपर्दा डिजिटल कारोबारको फाइदाहरू मुलत यो कोरोनाले पनि नगदबाट पनि सङ्क्रमण फैलिन्छ भन्ने जानकारी भइसकेको छ । त्यो सँगसँगै डिजिटलल्ली कारोबार गर्नुपर्दा नगद बोक्नु परेन, हराउने डर भएन र तपाईँहरूको के भयो भने आज तपाईँले कुनै सामान किन्नुपर्दा कति नगद छुट्टाउने त कति लिएर जाने भन्ने कुरा पनि सोच्नुपरेन । पहिले टेलिफोनको, इन्टरनेटको बिल तिनुपर्दा कति धेरै भिड हुन्थ्यो । तर अहिले डिजिटल्ली गर्दा एकदमै सहज भएको छ भने समयको पनि बचत भएको छ । साथै यसलाई सबै क्षेत्रलाई पनि व्यवस्थित बनाइदिएको छ । डिजिटल कारोबारले सरल समयको बचत, पैसा बोक्नुपर्ने झनझटबाट मुक्त र नगदरहित अर्थव्यवस्था भई राष्ट्रलाई नै टेवा पुग्छ ।

सजिलो पे नै किन प्रयोग गर्ने ?
पहिलो कुरा त सजिलो पे नाम जस्तै सजिलो छ । अर्को चाहिँ हामी फरक फरक भाषामा उपलब्ध छौ । र अहिले हामीले हवाई एवम् बसको टिकट सजिलो पेबाट काट्न मिल्छ साथै हामीले क्यासब्याक पनि दिइरहेका छौ । साथै हवाई टिकटमा हाम्रो एपबाटमा सबैभन्दा धेरै क्यासब्याक दिइरहेको छ । त्यसैले त्यो सबै सेवा तथा प्रयोगकर्तालाई फाइदा हुने हुदाँखेरी सजिलो पे किन प्रयोग नगर्ने त ।

यो सजिलो पे एप्स डिजिटल पेमेन्टका लागि कत्तिको सुरक्षित र प्रभावकारी छ ?
सजिलो पे राष्ट्र बैङ्कको लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक संस्था पनि हो । यसमा हामीले सबै कुराहरू सुरक्षाको कुराहरू प्रविधि र प्राविधिक सँग गर्नुपर्ने जति पनि कामहरू हुन्छ। जस्तै प्रयोगकर्ताको डाटा सुरक्षित राख्नको लागि गर्नुपर्ने सबै कामहरू हामीले गरेको छौ । त्यसको लागि हाम्रो प्राविधिक टोली पनि १८ देखि २४ घण्टासम्म कार्यरत हुनुहुन्छ । कुनै पनि कुरा आउँदा खेरि हामीले सहज रूपमा सेवा दिन सक्ने गरी उहाँहरू उपलब्ध हुनुहुन्छ । प्रयोगकर्ताको डाटा भनेको एकदमै महत्त्वपूर्ण कुरा भएको भएर त्यसलाई हामीले एकदमै राम्रो सुरक्षा प्रणाली प्रयोग गरेर प्रविधिमा कुनै सम्झौता नगरी हामीले यो एप चाहिँ बजारमा ल्याएका हौँ ।

प्रतिष्पर्धीबीच सजिलो पेलाई टिकाइराख्नेका लागि के कस्ता चुनौती देख्नुहुन्छ ?
प्रतिष्पर्धीबीच टिकाइराख्नेका लागि चुनौती छ । किनभने अन्तिममा राष्ट्र बैङ्कको लाइसेन्स भएर हामीले हाम्रो सेवा सुरु गरेका हौँ । त्यो भन्दा अगाडी धेरै वर्षदेखि बजारमा भइराख्नु भएको थुप्रै कम्पनीहरू छन् । उहाँहरू हामीभन्दा धेरै नै अगाडी हुनुहुन्छ । त्यसमा प्रतिस्पर्धा भन्दा पनि उहाँहरूसँग प्रतिस्पर्धा गरेर हाम्रो एप टिकाउने भन्दा पनि उहाँहरूले कभर नगरेको क्षेत्र कति छ नि त त्यो क्षेत्रमा चाहिँ हामी गएर त्यो क्षेत्रका मानिसलाई सेवा दिएर त्यो क्षेत्रमा हामी स्थापना हुन चाहन्छौँ । जस्तै उहाँहरूसँग प्रतिस्पर्धा गरेर भन्दा पनि त्यो प्रतिस्पर्धा त हामी गर्नै सक्दैनौँ किनकि उहाँहरू त एकदम अवस्थित बजारमा हुनुहुन्छ र हामी बजारमा नयाँ छौँ । प्रतिस्पर्धा भन्दा पनि अब हामीले कुन तरिकामा काम गर्दा हामी अगाडी बढ्छौँ र कुन क्षेत्र हामीले छान्दा ठिक हुन्छ जस्तै मैले भने रेमिट्यान्समा केन्द्रित रहेर हामीले काम गरिरहेकै छौ । सजिलो एपबाट रेमिट्यान्ससम्बन्धी कारोबार गर्न सक्नुहुन्छ । त्यसै गरी भोलि गएर हामी मानिसहरुलाई सहज गर्ने गरी अरू क्षेत्रहरूमा काम गरेर सेवा दिन्छौँ।

तपाईँहरूको आगामी योजनाहरू के के छन् ?
अब हाम्रो आगामी योजना योजना नयाँ प्रयोगकर्ताहरूलाई हाम्रो एप र डिजिटल प्लेटफर्ममा आबद्ध गराउने हाम्रो लक्ष्य हो । यसकोलागि हामीले विभिन्न योजनाहरू बनाइरहेका छौँ । जस्तै मैले अघि भने भाषाको बारेमा हामी गाउँ गाउँ गएर, फरक फरक समुदायमा गएर प्रयोगकर्ताहरूलाई कसरी यो एप प्रयोग गर्ने भनेर हामीले सिकाउँछौँ । त्यो मात्रै नभएर युजरहरूलाई सजिलो पेकोबारेमा अवेरनेस कार्यक्रमहरू जस्तै सजिलो पे कसरी चलाउने, सजिलो पेका के फाइदा छन् भन्ने खालका अभियानहरू चलाउँछौँ । अहिले पनि हाम्रो तिहारलाई लक्षित गरेर क्यामपियन चलाइरहेको छौँ । जसमा कुनै पनि तिहारको गीत वा नयाँ कुनै कन्सेप्टमा टिकटक बनाउनुभयो भने एक जनालाई क्यास प्राइज र गिफ्ट ह्याम्परको व्यवस्था गरेका छौँ । त्यस्तै हामीले कार्यक्रम गरिरहेका हुन्छौँ र युजरलाई डिजिटल प्लेटफर्मबारे सचेत गराउने र यसमा इंगेज गराउने हाम्रो योजना छन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार