Breaking : सीता एयरको विमानमा बँदेल ठोक्कियो, नेपालगंज विमानस्थल बन्द

सीता एयरलाइन्सको विमान नेपालगंज विमानस्थलमा दुर्घटनामा परेको छ । नेपालगंजबाट सिमिकोटका लागि उड्ने क्रमममा विमानस्थलको धावनमार्गमा नाईन एन एएचएबी कल साईन भएको विमान दुर्घटनामा परेको हो । उडनै लागेको विमानले मंगलबार बिहान ७ बजेको समयमा धावनमार्गमा बँदेललाई ठक्कर दिएको छ ।

बँदेलले ठक्कर दिदाँ विमानमा ठुलो प्वाल परेको छ । विमानमा १४ यात्रु ९० केजी कार्गो सहित विमानमा क्याप्टेन अमिरमान शाक्यसहित चालक दलका सदस्य थिए । विमान उड्नै लाग्दा धावनमार्गमा ३ वटा बँदेल पसेको र एउटा बँदेल विमानमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन । यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ । अहिले विमानस्थल पूर्ण रुपमा बन्द छ । दुर्घटनामा परेको विमान क्रेनको सहयाताले हटाउने कार्य भईरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार