बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि

कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो ।

तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू. १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले रू. १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार