१४ दिनदेखि बेपत्ता कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत भेटिए

१४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सेनाको शव सोमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि उनको अवस्था अज्ञात थियो ।

गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । रहस्यमय तरिकाले घटना भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले गैरिटाँड बजार बन्द गरेका छन् भने सडकमा चक्का जाम गरिएको छ । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

काठमाडौंबाट समेत अनुसन्धानको टोली अछाम आएर खोजीकार्य भए पनि १३ दिनसम्म तिमिल्सेनाको अवस्था पत्ता लागेको थिएन । उनी बसेकै ठाउँ नजिकै शव फेला पर्नुले घटना रहस्यमय भएको परिवारको आरोप छ ।

३१ असोजमा मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका तिमिल्सेना बेपत्ता भएको बताइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार