प्रदेश १ मा मंगलबार १ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान

प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

सोमबार मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख अधिकारीले मंगलबार दिउँसो १ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको आह्वानसँगै दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्नेछन् । प्रदेश १ मा यसअघि विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमत छ । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ ।

प्रदेशसभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एसका १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । जुन सरकार बनाउन बहुमत संख्या हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार