थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार सोमबार पीसीआर विधिबाट ७ हजार ४६८ र एन्टिजेन विधिबाट ४ हजार १९६ जनामा परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १३ हजार ११ र एन्टिजेनबाट ९४ हजार ६२७ जना पुगेको छ ।

यस्तै, आज थप ४९० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९२ हजार २७७ जना पुगेको छ । निको हुने दर ९७।४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४१६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार