भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेट जुरेको जनाएको छ ।

समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार